Gorkha Sansar

नीति, कार्यक्रम तथा बजेट पूर्व तयारीका लागि भानु नगरपालिकामा छलफल कार्यक्रम सम्पन्न।

२०८२ जेठ १४ गते

२०८२ जेठ १४ गते भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीलाई प्रभावकारी बनाउन विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

नगर कार्यपालिकाको कार्यालय फुस्रेटारमा आयोजित उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, नागरिक समाज, पुर्व जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुख, शिक्षक प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नीति निर्माण, बजेट विनियोजन तथा कार्यक्रमको प्राथमिकता निर्धारणका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोल्दै नगर प्रमुखले सहभागितामूलक योजना निर्माणको आवश्यकता औंल्याउँदै स्थानीय स्तरका जनप्रतिनिधि र बासिन्दाको सुझावलाई प्राथमिकता दिएर बजेट बनाउने प्रक्रिया थालिएको बताउनुभयो।

भानु नगरपालिकाले यस्तो छलफलमार्फत स्थानीय आवश्यकता र प्राथमिकता समेट्ने प्रयास गरेको छ, जसले गर्दा नीति तथा बजेट जनउत्तरदायी र प्रभावकारी बन्ने विश्वास लिइएको छ।

संबंधित तस्बिरहरु:-

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.