Gorkha Sansar

पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड द्वारा प्रमुख प्रशासकीय भवनको उद्घाटन

राजेन्द्र न्यौपाने

१३ जेठ, गोरखा । गोरखा जिल्लाको शहिदलखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन अन्य पालिकाकाे तुलनामा नमुना बनेकाे छ । भवनकाे पूर्व प्रधानमन्त्री एवँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् । सँघीय सरकार पुर्वाधार विकास विभागको ३ करोड ४९ लाख२६ हजार जिल्ला समन्वय समिति गोरखाको ७७ लाख र शहिदलखन गाउँपालिका गोरखाको ४ करोड १६ लाख ८४ हजार ७९७ रुपैयाँ गरी कुल ८ करोड ४३ लाख, ११ हजार २३७ रुपैयाँमा भवन बनेको गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले बताए । लिफ्‌ट सहितको उक्त भवनमा ५२ वटा कोठा रहेका छन् । भवन ६४०० वर्ग फिटमा फैलिएको छ ।

भवनका काेठालाइ साविकका गाविस, पालिकालाइ सिमाना बनाएर बग्ने नदीहरुकाे नामले परिचित गराइएकाे छ ।

      

भवन उद्घाटन कार्यक्रममा बाेल्दै  पूर्व प्रधानमन्त्री प्रचण्डले सँघीयताले गाउँ गाउँमा नागरिकहरुले सेवा पाएको बताए । स्थानीय सरकारलाई बलियो बनाउन सरकार लागि पर्नुपर्ने र अहिलेको शासन व्यवस्था सबैभन्दा वैज्ञानिक भएकाे प्रचण्डकाे भनाइ थियाे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सँघीय साँसद राजेन्द्र बजगाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.