काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि दुइतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।
अहिले पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै पठाइएको जानकारी दिए ।
सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भागमा भ्वाङ परेको आकलन गरिएको छ ।