Gorkha Sansar

शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले विवरण उपलब्ध गराउनुपर्ने

पालुङटार, गोर्खा।

गोर्खाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूको बालबच्चा कहाँ पढेको छ भन्ने विवरण माग गरेको छ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरू को बालबच्चा पढेको विद्यालयको विवरण तीन दिनभित्र उपलब्ध गराउनु भनिएको छ।

यसअघि विभिन्न पालिकाहरूले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा सरकारी स्रोतबाट जागिर खाने सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नै पठाउनुपर्ने भन्दै सूचनाहरु निकालीरहेका छन्। पालुङ्टार नगरपालिकाले भने उक्त विवरण कुन प्रयोजनको लागि मागिएको हो भन्ने कुरा प्रष्ट खुलाएको छैन। सामुदायिक तथा संस्थागत विद्यालयका सम्पूर्ण पदाधिकारीहरूले विवरण बुझाउनुपर्ने भनी सूचनामा उल्लेख गरिएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.