Gorkha Sansar

अटाे संचालन गर्न भानु नगरपालिकाकाे अनुमति

जेठ ६ / राजेश कार्की
तनहुँकाे भानु नगरपालिका भित्र संचालनमा रहेका पबित्र कालिका प्रालिको २५ वटा अटोलाई आज मिति २०८२/०२/०५ गते नगरपालिका कार्यालयद्धारा रुट इजाजतपत्र प्रदान गरेको छ। भानु नगरपालिका नगरप्रमुख आनन्द राज त्रिपाठीज्यूले रुट इजाजतपत्र अत्यन्तै महत्वपूर्ण कानुनी कागजात रहेको र रुट इजाजतपत्र लिएका अटोलाई भानु नगरपालिका भित्र बैधानिक रुपमा संचालन गर्न अधिकार प्रदान गरेको उल्लेख गर्नुभयो। रुट इजाजतपत्र प्राप्त सवारीले नगरपालिकाबाट प्रदान गरिने सेवा, सुबिधा तथा अभिमुखिकरण कार्यक्रममा सहभागी जनाउन सक्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली स्थापित गर्नका लागि पनि रुट इजाजतपत्र अपरिहार्य रहेको बारे नगर उपप्रमुख उमा गोतामे ज्यूले थप प्रष्ट पार्नुभयो।

अटो,रिक्सा/ईलेक्ट्रिक रिक्सा तथा टेम्पो रूट ईजाजत कार्यविधि ,२०८१ बमोजिम प्रचलित कानूनको अधीनमा रही सवारी संचालनको लागि अब पवित्र कालिका यातायात प्रा.लि.कम्पनीमा आवद्व रहेका २५ टेम्पो(अटो)लाई १ वर्षको लागि रूट ईजाजत प्रदान गरेको छ | भने अब छिट्टै भाडा दर पनि कायम गर्नेछ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.