Gorkha Sansar

बुद्ध जयन्तीको अवसर पारेर भारद्वाज गोत्रीय कडेल बन्धुहरूको कुल पुजा बिशेष  कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल

चितवन,गैंडाकोट

वैशाख २९ गते

बुद्ध जयन्तीको अवसर पारेर भारद्वाज गोत्रीय कडेल बन्धुहरूको कुल पुजा बिशेष  कार्यक्रम भब्य र सब्य रूपमा सम्पन्न भएको छ ।

२०८२ बैशाख २९  गते  कंडेल कुल मन्दिर भारद्वाज आश्रममा  कुलपुजा  विशेष कार्यक्रम  करिब ७५०० बन्धुहरुको उपस्थितिमा सम्पन्न भएको संस्थाका अध्यक्ष श्री प्रकाश कडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख आतिथ्यता गर्दै  श्री १००८ स्वामी डा.बिमलानन्द सरस्वती  जि महाराजले आफ्ना महत्वपूर्ण बाणीहरू प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले आफ्ना अग्रजहरूको इतिहासलाई बिर्सन नहुने बताउँदै कुल पूजाको महत्वका विषयमा प्रवचन राख्नुभएको थियो।  सोही अवसरमा गैंडाकोट स्थित कुल मन्दिरमा करिब ८ लाख ५३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको कलात्मक गेट निर्माण कर्ता स्व. भिमलाल/ भिमकलि कंडेल स्मृति प्रतिष्ठान परिबारका  जेष्ठ सुपुत्र श्री काशीराम कंडेललाई विशेष रूपमा सम्मान गर्नुका साथै उहाँले निर्माण गरेको गेटको शिलान्यास समेत गरिएको थियो।

उक्त कुल पूजामा पुर्ब मेची देखि महाकाली सम्मका कंडेल बन्धुहरु गोर्खा , पोखरा, कास्की ,दाङ , सुर्खेत  ,लमजुङ, कैलाली ,बाके ,बर्दिया, श्याङ्जा ,बर्दघाट,हेटौंडा मकवानपुर लगायत चितवन् र नवलपरासीका  बन्धुहरुको उपस्थितिमा रहेकोे थियो । मन्दिरका उपाध्यक्ष श्री काशीनाथ कंडेलले स्वागत मन्तव्य राख्नुभयो र मन्दिरका सल्लाहकार प्रा.डा.रामचन्द्र कंडेलज्युले कुल पुजा महिमाको  बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रम सफल गराउन  विभिन्न तह र तप्कामा रहि धार्मिक भक्ती संगीत कार्यक्रममा सहयोग पुर्याउनुहुने धार्मिक कलाकारहरु साथै अर्थ संकलन ब्यबस्थापन ,पुजारी ब्यबस्थापन, भोजन ब्यबस्थापन,खाद्य सामाग्री ब्यबस्थापन,फुलमाला ब्यबस्थापन,मन्च ब्यबस्थापन लगायतका काममा उपस्थित  भइ तन, मन, र धनले सहयोग गर्नुहुने सम्पुर्ण  कंडेल बन्धु हरुलाई केन्द्रिय कंडेल कुल मन्दीर  भारद्वाज आश्रम  परिवार  ले धन्यवाद बिशेष ज्ञापन समेत गरेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.