Gorkha Sansar

युवा जागरणको नयाँ शंखघोष गर्दै क्रान्तिकारी युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन सुरु


काठमाडौं, वैशाख १६ – युवा जागरणको नयाँ शंखघोष गर्दै नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको अनामनगरस्थित कृष्ण सेन इच्छुक प्रतिष्ठानमा उद्घाटन भएको छ ।
मंगलवार उद्घाटन भएको सो सम्मेलन उद्घाटन सत्रको संयोजन संगठनका संयोजक हरिष भट्टले गरेका थिए। त्यस्तैगरी कार्यक्रमको प्रमुख अतिथि थिए नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’रहेका थिए भने उनीसँगै पार्टी स्थायी समिति सदस्यहरू उदयबहादुर चलाउने ‘दिपक’, गुणराज लोहनी, थमनसिंह राई लगाएतको आतिथ्यता रहेको थियो ।
सम्मेलनको पूर्वसन्ध्यामा राजधानीको माइतीघर मण्डलाबाट इच्छुक प्रतिष्ठानसम्म निस्किएको र्‍यालीले राजधानीका सडकमा नयाँ चेतनाको स्पन्दन बोकेको थियो। “शिक्षा र स्वास्थ्य निःशुल्क घोषणा गर”, “मिटरब्याजीहरूलाई कारबाही गर”, “जनतामाथि थोपरिएको वित्तीय शोषण अन्त्य गर” भन्ने नारासहितका प्लेकार्डहरू केवल नारामा सीमित थिएनन्—त्यो युवा पुस्ताको आक्रोशको प्रतिध्वनि थियो ।
जसले लामो समयदेखि मौनजस्तै लागिरहेको युवाशक्तिको राजनीतिक गतिशीलता फेरि एकचोटि उदाएकाे प्रतित हुन्छ ।
संगठन स्रोतका अनुसार सम्मेलनको बन्द सत्र भोलि बुधवार बिहानदेखि सुरु हुनेछ, जसले रणनीतिक दिशा र आगामी कार्यदिशा तय गर्ने जनाईएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.