पालुङटार नगरपालिका वडा नं ७, च्याङ्लीमा भएको वडा कप फुटबल प्रतियोगितामा आज ६ खेल सम्पन्न भएको छ।
आजै भएको पहिलो खेलमा पूर्णे पिपल युवा क्लबले रियल सन स्टार युवा क्लब लाई ट्राइबेकरमा ३ -१ गोल अन्तरले विजयी बनेको थियो। खत्रीटार युवा क्लब बी र लालीगुरास युवा क्लब बीच भएको खेलमा लालिगुरास युवा क्लबले ६-५ गोल अन्तर बनाई विजयी बनेको थियो। च्याङ्ली स्पोर्ट क्लब र मजुवा मर्स्याङ्दी युवा क्लब बीच भएको खेलमा च्याङ्ली स्पोर्ट क्लब ए ले २-० गोल अन्तरले अग्रता लिएको थियो। च्याङ्ली स्पोर्ट क्लब बी र युनिक स्पोर्ट क्लब बोटगाउँ बीच भएको चौथो खेलमा खेलमा २- ० गोल अन्तरले च्याङ्ली स्पोर्ट क्लब बी विजयी बनेको थियो। पुर्ने पिपललाई क्लब र खत्रीटार युवा क्लब बीच भएको पाँचौं खेलमा खत्रीटार युवा क्लबले ५- ० गोल अन्तरले अग्रता लिएको थियो। त्यस्तैगरी अन्तिम खेल खाल्टे धारापानी युवा क्लब र लालीगुराँस युवा क्लब बीच भएकोमा खाल्टेधारापानी युवा क्लबले १- ० गोल अन्तरले विजयी हासिल गरेको खेल संयोजक सुमन खत्रीले जानकारी दिनुभएको छ !
३० गते सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्।
वडाभित्रका १२ वटा टिमको सहभागिता रहेको उक्त खेल को समापन चैत्र ३० गते हुने छ ।
खेलमा प्रथम हुनेलाई नगद रु ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेलाई नगद रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ! त्यस्तै गरी खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई नगद रु एक हजार का साथमा ट्रफी प्रदान गरिने र एकजना उदयमान खेलाडीलाई ट्रफी र नगद रु ५०० प्रदान गरिने पनि आयोजकले जनाएको छ।
