Gorkha Sansar

CTEVT बाग्मती ले युवा लक्षित निशुल्क सिपमूलक तालिम उद्घाटन

हेटौंडा

प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद्, बागमती प्रदेशद्वारा युवाहरू लक्षित विभिन्न सिपमूलक तालिम उद्घाटन गरेको छ।एक कार्यक्रमका बीच Pctvet Hetauda Makawanpur को आयोजनामा मकवानपुरको हेटौंडामा मकवानपुर जिल्लाका युवाहरुका लागि कुक, मन्टेश्वरी, केयर गिभर, ब्युटीसियन, मोबाइल मर्मत, फेशन डिजाइनर, सिलाई कटाई, वेटर, बारिष्टा, बिल्डिङ इलेक्ट्रिसियन, प्लम्बिङ विषयमा ३९० घण्टाको निशुल्क सीपमुलक तालिमकोे उद्घाटन भएको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम परिषद्का कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा, सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रे ,मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइ लगायत ५८० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो |

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.