Gorkha Sansar

महिला उद्यमी संघ नेपाल तनहुँद्वारा पत्रकार खनाल, पन्थ र वाग्ले सम्मानित

तनहुँ

महिला उद्यमी संघ नेपाल तनहुँले तीन जना पत्रकारलाई सम्मान गरेको छ।

संघको बुधबार दमौलीमा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने पत्रकारहरूमा नेपाल पत्रकार महासंघका सदस्य बिकास खनाल, प्रादेशिक खबर राष्ट्रिय दैनिककी कार्यकारी सम्पादक शिला वाग्ले र तनहुँ तरंग मिडिया प्रा लि की संवाददाता मनिता पन्थ रहेका छन्।

संघको गतिविधि पत्रकारितामार्फत प्रचारप्रसार गरेको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको संघले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ न्यौपाने र संघकी अध्यक्ष निर्मला मल्लले सम्मानपत्र तथा दोसल्ला ओढाएर पत्रकारहरूलाई सम्मान गरेका हुन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.