Gorkha Sansar

सडकमै टिका लगाएर मनाए शिक्षकहरूले चैते दशैं

गत चैत्र २० गतेदेखि शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका शिक्षकहरुले चैते दशैं सडकमै टिका लगाएर मनाएका छन्।

चैते दशैंको महाअष्टमीको दिन २३ गते नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरुलाई टिका लगाएर शिक्षकहरूलाई आशीर्वाद दिइरहनुभएको थियो। देशैभरिबाट काठमाडौँमा प्रदर्शनमा उपस्थित शिक्षकहरुलाई उहाँले टीका लगाएर आशीर्वाद दिँदै शिक्षा ऐन जारी नभएसम्म सडक नछाड्न समेत अनुरोध गर्नुभएको छ।

सरकारले पटक पटक वार्तामा बोलाइरहेको भएतापनि वार्ताको विषयवस्तु विगतका आन्दोलनहरूमै टुङ्गिसकेको कारणले यसपटक वार्ता गर्नुको कुनै औचित्य नरहेकोले आफूहरु वार्तामा नगएको पनि अध्यक्ष सुवेदीले बताउनुभयो !

विदेश भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली हिजो फर्किए लगत्तै शिक्षकहरूको आन्दोलनका विषयमा केही कुरा बताएपछि वार्ताको लागि आफूहरू कुनै हालतमा नजाने तर प्राविधिक विषयमा छलफल गर्न आवश्यक परेमा मात्र जान सक्ने उहाँले बताउनुभएको छ।

शिक्षा ऐन जारी नभएसम्म सडक नछाड्ने प्रतिबद्धता सहित शिक्षकहरूलेप्रदर्शन गरिरहेका बेला नेपाल शिक्षक महासंघले एक विज्ञप्ति जारी गरी चैत्र २५ गतेबाट सम्पूर्ण शैक्षिक संस्थाहरु आम हड्ताल गरी शिक्षकहरुलाई काठमाडौँ आउन समेत अनुरोध गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.