Gorkha Sansar

अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा सूर्यबहादुर पन्त चयन

आबु खैरेनी गाउँपालिका वडा नं १ मा रहेको अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा सूर्यबहादुर पन्त चयन हुनुभएको छ।
आज सम्पन्न भएको अकला पञ्चायन मन्दिर विकास समितिको वार्षिक साधारण सभा तथा अधिवेशनले पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। आबु खैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाबाट निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा राधिका मिश्र, कोषाध्यक्षमा सरला घिमिरे, सचिवमा गोपाल पौडेल र सहसचिवमा गणेशबहादुर खनाल रहनुभएको छ। त्यस्तैगरी समितिको अन्य सदस्यहरूमा रामजी अमगाई ईश्वर वाग्ले सम्झना बिक कमल सापकोटा सुरज वाग्ले र रमेश भट्ट रहेका छन्।
अकला पञ्चायन मन्दिर विकास समिति र अकला महिला समूहको संयुक्त साधारण सभा सूर्यबहादुर पन्तको अध्यक्षतामा आज अकला मन्दिर परिसरमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आबुखरिनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आफूले आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गर्दै विकासका गतिविधिहरुलाई अगाडि बढाइरहेको बताउनुभएको थियो। सो अवसरमा बोल्दै उहाँले अब बन्ने बजेटमा अकला मन्दिर प्राथमिकतामा पर्ने कुरामा पनि जोड दिनुभएको थियो। आफू निर्वाचित भएर आएदेखि हरेक वडाहरूमा प्राथमिकता क्रमको आधारमा बजेट विनियोजन गर्दै आएको कारणले गर्दा कहिँ कतै विवाद नआएको पनि उहाँले बताउनुभएको थियो।

सोही अवसरमा अकला महिला समूहले विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो।

थप समाचार

  • खोलामा चिप्लिएर एक महिलाको मृत्यु

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

  • मादी नदी पुलबाट बोलेरो जीप खस्दा तीन जनाको मृत्यु

  • तनहुँका सानेबहादुर नेपालीलाई क्रियाशील पत्रकारिता पुरस्कार

  • ३ दिनसम्म निशुल्क तोरी पेल्ने सुविधा

  • मेयर पण्डितले सहयोग गरेपछि दुलेगौडा–हर्कपुर मोटर मार्गमा काम धमाधम

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.