Gorkha Sansar

SEE परीक्षा दिन गएका गुरुङ पौडी खेल्ने क्रममा नदीले बगाएर मृत्यु

गोरखा, चैत्र १४ गते

गोर्खाको अर्घात गाउँपालिका वडा नम्बर ४ थुमी स्थित बुढी गण्डकी नदीमा पौडी खेल्न जाने क्रममा बगाउँदा युनिस गुरुङको मृत्यु भएको छ।

आरुघाट गाउँपालिका वडा नम्बर १ घर भएका १६ वर्षीय गुरुङ बुढीगण्डकी नदीमा पौडी खेल्न जाँदा बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ। एसइइ परीक्षा दिनको लागि गएका गुरुङ परीक्षा सकेर दिउँसो करिब ६ बजेको समयमा बुढीगण्डकी नदीमा पौडी खेल्दा खेल्दै बगाएको जनाइएको छ।

गुरुङलाई बगाएको खबर प्राप्त हुनासाथ आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिरहेको टोलीले खोजतलास गरी निज गुरुङलाई बगाएको स्थानबाट एक किलोमिटर तल मृत अवस्थामा फेला पारेको थियो। गुरुङको सब प्राप्त भएको स्थान मा मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य भइरहेको र अन्य थप अनुसन्धानको लागि प्रहरी खटिरहेको जनाइएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.