Gorkha Sansar

चैत १५ गते उपत्यका बन्द र १६ गते नेपाल बन्द

नेकपा माओवादीको भातृ संगठन जनमुक्ति सेना नेपालले गणतन्त्रको रक्षाका निम्ति संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । जनमुक्ति सेना नेपालका सैनिक प्रमुख कमरेड अग्निले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै देशलाई स्वाधिन बनाउन र गणतन्त्र कायम राख्दै अवस्था परिवर्तनका लागि संघर्ष गर्न लागिएको जानकारी दिएका हुन् । 
जनमुक्ति सेनाको बैठकको निर्णयअनुसार  संघर्षका कार्यक्रमअन्तरगत चैत १२ गते भण्डाफोरका लागि पत्रकार सम्मेलन, चैत १३ गते सिंहदरबार, निर्मल निवास, शितल निवास, वालुवाटार घेराउ गर्ने भनएिको छ । चैत १५ गते उपत्यका बन्द र १६ गते नेपाल बन्दसमेत गर्ने घोषणा गरिएको छ । 
विज्ञप्तिमा भनिएको छ –“कार्यक्रमलाई सानदार रुपमा सफल पारिदिन सम्पुर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी, राजावादीहरु लगायत विद्याथीर्, यातायात व्यवसायी, सुरक्षाकर्मी तथा नागरिकहरुलाई अनुरोध गर्दछौँ ।” 
पहिला गणतन्त्र ल्याउने बेला जति दुःख गरियो, अब त्योभन्दा धेरै संघर्ष गर्न तयार रहेको भन्दै जनताको भविष्यको सुरक्षा, स्वास्थ्य, रोजगारी र गास बासको सुनिश्चितताको लागि नयाँ क्रान्ति गर्न तयार रहेको उल्लेख गरिएको छ । जनमुक्ति सेनाको निर्माण पनि भइसकेको जानकारी दिइएको छ । 
विज्ञप्ति हेर्नुहोस्

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.