Gorkha Sansar

भवानी बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगितः क्याम्पस प्रमुखको राजीनामा माग


गोरखा, फागुन २७
भवानी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन समिति सदस्य तथा सहप्राध्यापक रमेश खड्काले एक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखमाथि गम्भीर आरोप लगाएका छन्। क्याम्पस प्रमुख विष्णुहरि आचार्यले आफ्नो व्यक्तिगत फाइदाका लागि निर्वाचन प्रक्रिया नै स्थगित गरेको उनको अराेप छ ।
क्याम्पस प्रमुख आचार्यले भने आफूले निर्वाचन समितिका पदाधिकारी हरुसंग अनौपचारिक रुपमा सल्लाह गरेर नै निर्वाचन स्थगित गरेको बताएका छन्। उनका अनुसार क्याम्पसम केही विद्यार्थी संगठन हरुले विरोध गरेका कारण असहज परिस्थिति उत्पन्न हुन सक्ने भएकाले स्थागित गरेको बताएका छन।
भवानी बहुमुखी क्याम्पस गोरखाकाे पालुङटारमा अवस्थित एक क्याम्पस हो ।
केही समय अगाडी माध्यमिक तहको दरबन्दीका शिक्षक क्याम्पस प्रमुख थिए भने अहिले पालुङटारका औषधि व्यवसायी समेत आचार्य क्याम्पस प्रमुख छन।
त्रिबिको नियमावली अनुसार क्याम्पसमा अध्यापन गर्नको लागि मास्टर डिग्रीको परीक्षामा द्वितीय श्रेणीमा पास गरेका शिक्षक हरुमात्र नियुक्ति गर्नुपर्ने भएतापनि सो क्याम्पसमा अझैपनि
सहप्राध्यापकहरू तृतीय श्रेणीका शिक्षक रहेका छन् ।
स्ववियु निर्वाचन स्थगितको विषयलाई लिएर भवानी बहुमुखी क्याम्पस नेविसङ इकाईले पनि एक विज्ञप्ति जारी गरी क्याम्पस प्रमुखको राजिनामा समेत माग गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.