Gorkha Sansar

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारी प्रधान सेनापति प्रशंसा निशान पदकद्वारा सम्मानित

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी प्रधान सेनापति प्रशंसा निशान पदकद्वारा सम्मानित हुनुभएको छ।

सेना दिवसको अवसरमा महाशिवरात्री पर्वको दिन फागुन १४ गते काठमाडौँको टुडीखेलमा आयोजित एक कार्यक्रमका बीच उहाँलाई सम्मान गरिएको हो। रेडियो बन्दिपुरका स्टेसन म्यानेजर समेत रहनुभएका अध्यक्ष अधिकारीले नेपाली सेनाका विविध गतिविधिहरू समेटेर मिडियामा कभरेज गरेकोमा उक्त सम्मान गरिएको हो। अधिकारी करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत रहँदै आउनुभएको छ भने यसै वर्ष भएको महासङ्घको निर्वाचनबाट तनहु जिल्लाको महासङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

आगामी दिनमा पनि उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.