Gorkha Sansar

च्याङ्लीमा जय नेपाल कप सुरु : पहिलो दिन दुई खेल सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्ली बिरुवाटारको खेलमैदानमा नेपाली कांग्रेस वडा नम्बर ७ वडा कमिटीको आयोजनामा जय नेपाल कप भलिबल प्रतियोगिता सुरु भएको छ।
जस अन्तर्गत पहिलो दिन अर्थात् फागुन १२ गते उद् दुई खेल सम्पन्न भएका छन्। आयोजक का तर्फबाट टिम ए र नेविसंघ पालुङटार बीच भएको पहिलो उद्घाटन खेलमा आयोजकलाई हराउँदै नेविसङ पालुङटार ले विजय यात्रा सुरु गरेको छ त्यस्तैगरी दोस्रो खेल आयोजक बी र लिगलिग युवा क्लब बीच भएको खेलमा लिगलिग युवा क्लबले आयोजकलाई हराउँदै आफ्नो खेल यात्रा अगाडि बढाइरहेको छ।
नेपाली कांग्रेस पालुङटार वडा नं ७ का सभापति कृष्णजी श्रेष्ठको सभापतित्वमा १२ गतेदेखि सुरु भएको उक्त जय नेपालका भलिबल प्रतियोगितामा पालुङटार नगरपालिका पूर्व नगर प्रमुख दीपक बाबु कडेल ले प्रमुख अतिथिको रुपमा बोल्दै खेल क्षेत्रबाट स्वास्थ्यमा पनि विकास हुने भएको हुँदा खेललाई अगाडि बढाउनुपर्ने बताउनुभयो। त्यस्तैगरी खेलको संयोजन मानबहादुर थापाले गरिरहनुभएको छ भने उक्त खेलमा पाँच टिमको सहभागिता रहेको छ। महाशिवरात्री पर्व को अवसर पारी आयोजना गरिएको उक्त खेलको फाइनल खेल भने १४ गते महाशिवरात्रीको दिनमा गरिने आयोजकले जनाएको छ

गोर्खा संसार Avatar

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.