Gorkha Sansar

इलाका प्रहरी कार्यालय ठाँटीपोखरीद्वारा विद्यालयमा जनचेतना कार्यक्रम सम्पन्न

फागुन ९ गते गोर्खा ।

इलाका प्रहरी कार्यालय ठाँटीपोखरी का इन्चार्ज प्रहरी इन्स्पेक्टर राजेश थापाले विद्यार्थीहरूका लागि लैङ्गिक हिंसा, मानव बेचबिखन, साइबर अपराध विद्यमान कानुनी अवस्था लगायतका विषयमा सन्देशमूलक जानकारीहरू प्रदान गर्नुभएको थियो। जीवनज्योति माध्यमिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका करिब साढे तीन सय विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज थापाले विभिन्न सन्देशमूलक भिडियोहरू सहित आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा रहेको जीवनज्योति माध्यमिक विद्यालयमा प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत आज सचेतना कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरूका अत्यन्त उपयोगी विषयवस्तुहरू समेटिएको उक्त कार्यक्रम यसअघि पालुङटार नगरपालिका भित्रका अन्य केही विद्यालयहरूमा सम्पन्न गरिसकेको र आगामी दिनमा बाँकी रहेका सबै माध्यमिक विद्यालयहरूमा पुगेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको पनि थापाले बताउनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षकहरू तथा अस्थायी प्रहरी पोस्ट बिरुवाटारका प्रमुख भूमिराज घिमिरे सहित का सुरक्षाकर्मीहरूको पनि उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.