Gorkha Sansar

जनयुद्ध दिवसका अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

फागुन १ गते

२०८१-११-०१ गतेका दिन पालुङटार नगरपालिकाको आयोजनामा “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र समावेशीकरणमा जनयुद्ध र जनआन्दोलनको भूमिका” विषयक माध्यमिक तहस्तरीय निबन्ध लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख श्री विवस चिन्तनकाे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री वन्दना पाण्डे , प्रमुख प्रशासकीय अधिकृत श्री कमानसिं थापामगर, शिक्षा शाखा प्रमुख श्री पुर्ण बहादुर नेपाली लगायतकाले मन्तव्य राखेका थिए।

को आतिथ्यता रहको कार्यक्रममा नगरपालिका भित्र रहेका १५ विद्यालयका छात्र, छात्राहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा मिरकोट मा.वि.मा अध्यनरत छात्रा निकिता लामिछाने – प्रथम, मदनेडाँडा मा.वि.मा अध्यनरत छात्रा एलिशा श्रेष्ठ – द्वितीय, अन्नपूर्ण मा.वि.मा अध्यनरत छात्रा विपना श्रेष्ठ – तृतीय, युनाइटेड मा.वि.मा अध्यनरत छात्रा रश्मी गिरी – सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.