Gorkha Sansar

मर्स्याङ्दी बल्थुङ बृहत खानेपानी समितिको चौथो साधारण सभा सम्पन्न

पालुङटार नगरपालिकाको वडा नम्बर ७ मा रहेको मर्स्याङ्दी बल्थुङ बृहत खानेपानी समितिको चौथो साधारण सभा मिति २७ गते सम्पन्न भएको छ ।

कार्यक्रम सो समितिका अध्यक्ष गणेशलाल श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश को ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्री माननीय फणीन्द्र देवकोटाज्यूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री देवकोटाले ऊर्जा तथा खानेपानीको क्षेत्रमा आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गोरखा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रतिनिधि, पालुङटार नगरपालिकाका निवर्तमान नगर प्रमुख इन्जिनियर दीपक बाबु कडेल, ७ नम्बर वडाका वडा अध्यक्ष श्री अर्जुनबहादुर कुमाल काे उपस्थिति रहेको थियो, त्यस्तैगरी अतिथिको रूपमा सो समितिका प्रमुख सल्लाहकार एवं ७ नम्बर वडाका निवर्तमान वडा अध्यक्ष श्री बसन्त कुमार श्रेष्ठ ज्यू, ७ नम्बर वडास्थित विभिन्न टोल सुधार संस्थाका अध्यक्ष ज्यूहरू, ७ नम्बर वडाकै चाम्पानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्री कृष्णजी श्रेष्ठ, लगायत वडाभित्र रहेका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको अतिथिको रुपमा उपस्थिति रहेको थियो। समितिको चौथो साधारण सभाको उद्घाटन सत्र माननीय मन्त्रीज्यूले पानसमा बत्ती बालेर उद्घाटन कार्य गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अतिथि तथा उपभोक्ता समितिका सदस्यहरूले खानेपानीको गुणस्तर स्वच्छता र नियमित आपूर्तिलाई मध्यनजर राखेर समितिले विशेष कामकाज गर्नुपर्ने कुरामा जोड दिएका थिए भने प्रमुख अतिथिज्यूले खानेपानीको लागि आफ्नो तर्फबाट के कस्तो कार्यमा सहयोग पुर्‍याउनुपर्ने हुन्छ त्यसको लागि आफू सधैं नै कटिबद्ध रहेको कुरा प्रतिबद्ध गराउनुभएको थियो, करिब ८०० घरधुरीको लागि सञ्चालन भएको यो खानेपानीमा आजको यो चौथो साधारण सभामा ७०० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्थापना कालदेखि आजका दिनसम्म यो खानेपानीलाई यो अवस्थासम्म ल्याइपुर्याउनको लागि आआफ्नो तरिकाले भूमिका निर्वाह गर्नुहुने समितिका पूर्व अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारी र उपभोक्ता समितिका सदस्यहरूलाई कार्यक्रमका अध्यक्ष श्री गणेशलाल श्रेष्ठज्यूले विशेष धन्यवाद व्यक्त गर्नुभएकाे थियो ।, अबका दिनमा पनि यो खानेपानीलाई सम्पूर्ण उपभोक्ताको घर दैलोमा निरन्तर रूपमा स्वच्छ र सफा पानी पिउन योग्य र दैनिक प्रयोगको लागि आवश्यक परिमाणमा उपलब्ध गराउनको लागि सम्पूर्ण उपभोक्ता समितिको जिम्मेवारी सँगसँगै आफू त्यो जिम्मेवारी पूरा गर्नको लागि पूर्ण प्रतिबद्धता रहेको कुरा प्रष्ट पार्नुभयो।, खानेपानीको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गणेशलाल श्रेष्ठ र समितिका कोषाध्यक्ष सुशीला श्रेष्ठज्यूले समितिको तर्फबाट प्रतिवेदनहरू प्रस्तुत गर्नुभयो। चौथो साधारण सभाको सञ्चालन गर्ने क्रममा यो कार्यक्रमलाई व्यवस्थित मर्यादित र अनुशासित भई सञ्चालन गर्ने कार्य सम्पन्न समितिका कर्मचारी श्री कोपिला कुमालबाट सुसम्पन्न भएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.