Gorkha Sansar

मकैको खोस्टाबाट सल्केको आगोले जलेर तीन घर नष्ट

गोरखा को आरुघाट गाउँपालिका वडा नं १ श्यामचेतमा मकैको खोस्टाबाट सल्केको आगोले जल्दा तिन घर नष्ट भएका छन्। पौष २० गते साँझ करिब साढे छ बजेतिरको समयमा श्यामचेत स्थित पूर्णबहादुर लामाको घरमा मकैको खोस्टाबाट सल्केको आगोले निज पूर्णबहादुर सहित उहाँका छोरा हरू बुद्धिबहादुर लामा र आइते लामाको समेत गरी तीन घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार पूर्णबहादुर लामाको घरमा खाना पकाउने ग्यास चुलो नजिकै रहेको मकैको खोस्टाबाट आगो सल्किन पुगी घरमा आगालागि भएको र सँगै रहेको उहाँका दुई छोराहरूको घर समेत जलेको र सोही आगोले छिमेकी वीर बहादुर लामाको घरको पालीमा समेत सामान्य क्षति भएको बताइएको छ। आग लागिबाट कुनै पशु चौपाया तथा मानवीय क्षति नभएको बताइएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.