Gorkha Sansar

सत्तामा जाने भनेको जनताको काम गर्नको लागि जाने हो- वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

गोर्खाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो नगरसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सत्तामा जाने भनेको जनताको काम गर्नको लागि मात्र रहेको बताउनुभएको छ।

मङ्सिर २९ गते शनिबारका दिन पालुङटार नगरपालिकामा भएको सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सो कुरा बताउनुभएको हो। नेकपा माओवादी केन्द्र पालुङटार नगरपालिकाका कार्यवाहक अध्यक्ष ऋषिराज धौरालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले आफूहरू सत्तामा रहँदा जनताका मन जित्दै खालको कार्यक्रमहरु सञ्चालन गरेका कारणले सत्ताबाट बाहिरिँदा पनि कुनै पीडा नभएको बताउनुभयो। त्यस्तैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं युवा नेता लेखनाथ न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै नेतृत्व गर्दैमा नेता नहुने बताउनुभयो कुनै पदमा नरहेर पनि जनताको काम गर्न सक्यो भने जनताले कामको मूल्याङ्कन गर्ने कुरामा जोड दिनुभएको थियो। त्यस्तैगरी कार्यक्रममा केन्द्रीय सदस्य खोपबहादुर कडेल, राष्ट्रिय सभाका सभासद् भुवन सुनार, पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन लगायतकाले आफ्ना मन्तव्य राख्नुभएको थियो भने नेकपा माओवादी केन्द्रका सल्लाहकार वसन्त बहादुर भराकोटी र रामबहादुर ढकाललाई सो अवसरमा सम्मान समेत गरिएको थियो।

अधिवेशनले ५५ सदस्य नगर कार्य समिति गठन गर्ने बताइएको छ।।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.