Gorkha Sansar

जुवाखालबाट १ लाख १५ हजार सहित १२ जना पक्राउ

मिति २०८१।०७।२६ गते राती अं.२२:०० बजेको समयमा जिल्ला

गोरखा न.पा. वडा नं.६ स्थितमा हारजित हुने गरी जुवा कौडा खेली रहेको अवस्थामा नगद रु १ लाख १५ हजार ३८० सहित १२ जना ज्वाडेहरू गत मङ्गलबार राति पक्राउ परेका हुन्। प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा राजु श्रेष्ठ, शंकर बि.क., सुमन परियार, भुगोल कोईराला, राम बहादुर मालबुल, मनोज श्रेष्ठ, किसान बहादुर गुरुङ, नविन थापा, विनोद कोईराला, ढाल बहादुर राना, निम बहादुर घले र दिपेश सुनार रहेका छन्! निजहरुले जुवा खेलिरहेको ठाउँबाट कौडा खेल्न प्रयोग गरेको काठको बोर्ड थान-१(एक), कौडा गोटी थान-१८(अठार) र नगद रु.१,१५,३८०/-(एक लाख पन्ध्र हजार तीन सय असी रुपैया) बरामद गरी निजहरु विरुद्ध जुवा सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप अनुमती समेत लिई यस कार्यालयबाट थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ। 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.