पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरेको छ। प्रधानाध्यापकहरु र वडाध्यक्षहरुको संयुक्त भेला आयोजना गरी उक्त सम्झौता गरिएको हो। कार्यक्रममा नगर प्रमुख विवस चिन्तन र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको विशेष उपस्थिति रहेको थियो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा शाखाका स्रोत शिक्षक सन्तोष पाण्डेले कार्यसम्पादनका सर्तहरु र मापदण्डका सूचकहरुको प्रस्तुतिकरण गर्नु भएको थियो।कार्यसम्पादन सम्झौतामा ११ ओटा सर्तहरु र ९ ओटा मापदण्डका सूचकहरु रहेका छन्। कार्यसम्पादन सम्झौताको आधारमा नगरपालिकाले माध्यमिक तहमा कार्यरत प्रधानाध्यापकहरुलाई मासिक रु ३,०००/-, निम्नमाध्यमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु २,०००/- र प्राथमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु १,५००/- प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख विवस चिन्तनले कार्यसम्पादन सम्झौताको मापदण्ड मूल्याङकनमा ९० भन्दा माथि अङ्क प्राप्त गर्ने प्रधानाध्यापक कार्यरत विद्यालयलाई पालिकाले नमूना विद्यालय घोषणा गर्ने वताउनुभयो।
थप समाचार
-
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
पालुङटारमा शिक्षकहरूका लागि योग,ध्यान तथा तनाव व्यवस्थापनको चारदिवसीय शिविर सञ्चालन
गोर्खा संसारFebruary 10, 2026गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित ओशो कैलाश ध्यान केन्द्रमा शिक्षकहरूका लागि योग ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय सिविर सञ्चालन भइरहेको छ। माघ २५... -
पत्रकार महासङ्घ तनहुँले स्व. मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने
गोर्खा संसारFebruary 8, 2026दमौली, २५ माघ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार, नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गर्ने घोषण... -
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय आँबुखैरेनी उपशाखा भवनको शिलान्यास
गोर्खा संसारFebruary 2, 2026आँबुखैरेनी, १९ माघ — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित उपशाखा भवनको शिलान्यास गरिएको छ। आईतबार आयोजित विशेष समारोहमा आँबुखैरेनी गाउँपालिका... -
भानु नगरपालिकामा शिक्षकहरूका लागि ए.आई. तालिम सम्पन्न
गोर्खा संसारFebruary 2, 2026दिनेश अधिकारी भानु नगरपालिकाद्वारा आयोजित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूका लागि मिति २०८२ माघ १७ गतेदेखि माघ १९ गतेसम्म तीन दिने ए.आई. (Artificial Intelligence) तालिम... -
रजगरे माविकाे ४८औँ वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न
गोर्खा संसारJanuary 28, 2026गाेरखा, माघ १२ गते पालुङटार स्थित रजगरे माविकाे ४८औँ वार्षिक उत्सव तथा अभिभावक समारोह सम्पन्न भएकाे छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री ईश्वर कुमार मल्लको अध्यक...
