पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरेको छ। प्रधानाध्यापकहरु र वडाध्यक्षहरुको संयुक्त भेला आयोजना गरी उक्त सम्झौता गरिएको हो। कार्यक्रममा नगर प्रमुख विवस चिन्तन र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको विशेष उपस्थिति रहेको थियो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा शाखाका स्रोत शिक्षक सन्तोष पाण्डेले कार्यसम्पादनका सर्तहरु र मापदण्डका सूचकहरुको प्रस्तुतिकरण गर्नु भएको थियो।कार्यसम्पादन सम्झौतामा ११ ओटा सर्तहरु र ९ ओटा मापदण्डका सूचकहरु रहेका छन्। कार्यसम्पादन सम्झौताको आधारमा नगरपालिकाले माध्यमिक तहमा कार्यरत प्रधानाध्यापकहरुलाई मासिक रु ३,०००/-, निम्नमाध्यमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु २,०००/- र प्राथमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु १,५००/- प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख विवस चिन्तनले कार्यसम्पादन सम्झौताको मापदण्ड मूल्याङकनमा ९० भन्दा माथि अङ्क प्राप्त गर्ने प्रधानाध्यापक कार्यरत विद्यालयलाई पालिकाले नमूना विद्यालय घोषणा गर्ने वताउनुभयो।
थप समाचार
-
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्... -
त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल
गाेर्खा संसारAugust 6, 2025काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्र... -
१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
गाेर्खा संसारAugust 4, 2025काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ । हाल परीक्षा नियन्त्रण कार्यालयमा नतिजा प्रकाशनको अन्तिम तयारीसहित बैठक बसिरहेको छ । २१ वैशाखदेखि सञ्चालन ... -
तनहुँकाे भानु नगरपालिका स्थित साजबोटेमा मन्टेश्वरी खुल्याे
गोर्खा संसारJuly 24, 2025श्रावण ८ , भानु तनहुँकाे भानु नगरपालिका वडा नं १ काे साजबाेटेमा पूर्व प्राथमिक मन्टेश्वरी स्कुल खुलेकाे छ । चालू शैक्षिक शत्र २०८२ बाट भानु संस्कार मन्टेश्वरी स्कुल खुलेकाे हाे ।... -
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु
गाेर्खा संसारJuly 19, 2025३ साउन, काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि... -
कानेपोखरी गाउँपालिकामा छात्रवृत्ति र पुरस्कार वितरण कार्यक्रम सम्पन्न
गाेर्खा संसारJuly 16, 2025कानेपोखरी, मोरङ - सोमबार कानेपोखरी गाउँपालिकाको प्राङ्गणमा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कानेपोखरी गाउँपालिकाले आ.व. २०८१/८२ मा उत्तीर्ण भएका वि...