Gorkha Sansar

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्।

पूर्णे पिपल स्थित २८ वर्षकी रश्मिला कुमाललाई हिजो राति करिब १२ बजेतिरको समयमा निजको आफ्नै घरमा केही अज्ञात व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी टाउकोमा गम्भीर चोट लागेर घाइते बनाई भागेका थिए स्थानीयहरुले तत्कालै उपचारको लागि नजिकैको डुम्रेस्थित लक्ष्मी अस्पतालमा पुर्याएको तर निजलाई उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ निजको मृतक शरीरलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दमौली पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.