Gorkha Sansar

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ।

पुर्णे पिपल युवा क्लबको आयोजना र कोलडाँडा महिला समूह तथा कोलडाँडा टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। विशेष अतिथिको रुपमा बोल्दै वडा अध्यक्ष कुमालले समग्र वडा नम्बर ७ को विकासमा आफूले पुर्याएको योगदानको बारेमा चर्चा गर्दै सभ्य रुपमा दशैँ लगायतका चाडपर्व मनाउन सुझाव दिनुभएको थियो कोलडाँडा आमा समूहकी अध्यक्ष भगवती कुमालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य प्रेम कुमाल मिडिया पार्टनर गोर्खा संसारका सञ्चालक रविन्द्र कडेल मजुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव इन्द्र कोइराला लगायतकाले शुभकामना मन्तव्य राखेका थिए उक्त कार्यक्रममा स्थानीय क्लब का कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.