Gorkha Sansar

असोज १९ गते देखि २४ गते सम्म सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने

पहाडकी रानी उपमाले प्रसिद्ध बन्दीपुर जाने प्रवेशद्वार केबलकार चोक बटम स्टेसन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने भएको छ । २०८१ असोज १९ गते देखि २४ गते फूलपाती सम्म ६ दिन यस प्रकारको प्रदर्शनी आयोजना गरिएको छ  । मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुति समेत रहनेछन्  । नाम चलेका कलाकारहरूको प्रस्तुति  कार्यक्रममा हुने छ र साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवी लिला नाटक मञ्चन गरिनेछ । असत्य माथि महाकाली बनेर दुष्ट राक्षसको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेको  देवीको  लिलाको भव्य प्रदर्शनी गरिने भएको छ ।

दशैंलाई विजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुराको बयान नाटकले गर्ने छ। २० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरूलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दाबी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केबलकारको टिकट छ भने निःशुल्क हुनेछ । अन्य अवस्थामा रु. १००- रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । कार्यक्रमको आयोजना बन्दीपुरहिलले गरेको छ भने केबलकार र ड्राईभ ईन रेस्टुरेन्टले प्रवर्धन गरेका छन् ।

कार्यक्रममा आकर्षणहरूको रूपमा मुख्य आकर्षण देवी लिला नाटक ५ दिन, पाँच दिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रदर्शनी, स्थानीय कला एवं सांस्कृतिक प्रदर्शनी, दशैं हाट बजार, वाल उद्यान, बिङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू रहने छन् । यस मेलाको धार्मिक आकर्षण माँ खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केबलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयाे ।  

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.