Gorkha Sansar

अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

पालुङटार गोर्खा

अभिभावक बिहिन अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु गरिएको छ। नगर उप प्रमुख सँग अभिभावक विहिन अति विपन्न विद्यार्थी शैक्षिक सहायता कार्यक्रम अन्तरगत २०८१-०५-२७ गते वडा नंम्बर १ को अन्नपूर्ण माध्यामिक विद्यालय र वडा नंम्बर २ को जनता माध्यामिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो ।

२०८१-०५-२७ बाट सुरु भएको कार्यक्रम अन्तर्गत वडा नंम्बर १ को अन्नपूर्ण माध्यामिक विद्यालयमा १४ जना र वडा नंम्बर २ को जनता माध्यामिक विद्यालयमा ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ । पालुङटार नगरपालिकाकी उप प्रमुख बन्दना पाण्डेको संयोजकत्वमा शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै उप प्रमुख पाण्डेले अभिभावक बिहिन भएर जीवन जोखिममा रहेका सम्पुर्ण बालबालिकाको अभिभाकत्व नगरपालिकाले ग्रहण गर्ने बताउनु भयो । अभिभावक बिहिन असाहाय बालबालिकाहरुको शैक्षिक भविष्यको सुनिश्चितता गर्ने र आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उप प्रमुख पाण्डेले आगामि दिनहरुमा समेत यस कार्यक्रमलाई निरन्तरता दिदैं जाने बताउनु भयो । कार्यक्रमलाई थप प्रभावकारि बनाउदैं लाने र दायरा अझै फराकिलो बनाउदै लैजाने पनि उप प्रमुख पाण्डेले बताउनु भयो ।

कार्यक्रममा बालबालिकाहरुलाई कापि, कलम, जोमेट्रिबक्स, कलरबक्स, झोला, विद्यालय पोशाक, जुत्ता, मोजा र स्वेटर वितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत शिक्षक सन्तोष पाण्डेले बताउनु भयो । स्रोत शिक्षक पाण्डेका अनुसार नगरपालिका भित्रका ८० जना अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको बताउनु भयो । बालबालिकालाई शैक्षिक सत्र भरिको आवश्यकता पूरा हुने गरि शैक्षिक सामग्रि वितरण गरिएको पनि पाण्डेले बताउनु भयो ।
अभिभावक विहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रमका लागि नगरपालिकाले ८ लाख वजेट बिनियोजन गरेको छ ।

थप समाचार

  • जेठ १५ देखि २३ गतेसम्म गुरुकुलमा महायज्ञ हुने

  • मादी नदी पुलबाट बोलेरो जीप खस्दा तीन जनाको मृत्यु

  • तनहुँका सानेबहादुर नेपालीलाई क्रियाशील पत्रकारिता पुरस्कार

  • अकला पञ्चायन मन्दिर विकास समितिको अध्यक्षमा सूर्यबहादुर पन्त चयन

  • ३ दिनसम्म निशुल्क तोरी पेल्ने सुविधा

  • करेण्ट लागि १ जनाको मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.