Gorkha Sansar

गोर्खामा नेपाल लाइफ अभिकर्ताहरूका लागि पुनर्ताजगी कार्यक्रम सम्पन्न


रविन्द्र कडेल, गोर्खा

नेपाल लाइफ गोरखा उपशाखाको आयोजनामा भाद्र ८ गते नेपाल लाइफ इन्सुरेन्स गोरखा उपशाखाको आयोजनामा आज जिल्ला भित्रका अभिकर्ताहरूका लागि पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनी गण्डकी प्रदेशका प्रदेश प्रमुख सहदेव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम को सञ्चालन गोरखा उपशाखाका प्रमुख सूर्यप्रसाद अधिकारी ले सञ्चालन गर्नुभएको थियो ! नेपाल केन्द्रीय प्रशिक्षण विभागका प्रमुख रोजेश बस्नेतलाई बीमा व्यवसायका विभिन्न रणनीति तथा यसका उत्पादनहरूका बारेमा सहजीकरण गर्नुभएको थियो । त्यस्तैगरी सहदेव अधिकारीले बीमा व्यवसायका महत्व र यसका विशेषताहरूको बारेमा सहजीकरण गर्नुभएको थियो। जुन कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर बिमला अंगाईले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा गोर्खा उपशाखाका सिनियर एजेन्सी म्यानेजर शान्ति देवकोटा को समेत विशेष उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.