Gorkha Sansar

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना


गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले हाम फालेर आत्महत्या गरेको छन् यसरी आत्महत्या गर्नेहरूमा महिला ७ जना र पुरुष ५ जना रहेका छन् प्रहरी कार्यालयको रेकर्डअनुसार आत्महत्या गर्ने व्यक्तिहरूको उमेर समूह अनुसार ४५ देखि ६० वर्षका उमेर समूहक २ पुरुष र १ महिला तीन जना, ६० वर्षभन्दा माथिका एक पुरुष र एक महिला गरी दुई जना, ३५ वर्षदेखि ४५ वर्ष उमेर समूहका एक महिला र एक पुरुष गरी दुई जना, २५ देखि ३५ वर्ष उमेर समूहका एक पुरुष र एक महिला गरी दुई जना, १८ देखि २५ वर्ष उमेर समूहका एकजना महिला र १८ वर्ष मुनिका १ बालिका एक जना रहेका छन् ।
आत्महत्या गर्नेको यो सङ्ख्या गत आर्थिक वर्ष ७९ /८० को तुलनामा ७ जनाले कम र आर्थिक वर्ष ७८/७९ को तुलनामा तीन जनाले बढी रहेको छ।
गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९ ८० मा भने आत्महत्या गर्नेको संख्या झुन्डिएर आत्महत्या गर्ने १८ र हाम फालेर आत्महत्या गर्नेको संख्या एक गरी १९ जना रहेको थियो। जसमध्ये ६० वर्षभन्दा माथि उमेर समूहका एक जना महिला र सात पुरुष गरी आठ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका एक पुरुष, २५ देखि ३५ वर्ष उमेर समूहका एक महिला र एक पुरुष गरी दुई जना, १८ देखि २५ वर्ष उमेर समूहका एक महिला र एक पुरुष गरी दुई जना र १८ वर्षभन्दा मुनिका चार बालिका र एक बालक गरी ५ जना रहेका थिए। जुन सङ्ख्या आर्थिक वर्ष ७८/७९ को भन्दा १० जनाले बढी रहेको देखिन्छ भने आर्थिक वर्ष २०७८/७९ मा भने आत्महत्या गर्नेको सङ्ख्या छ महिला र तीन पुरुष गरी जम्मा नौ जना रहेको थियो। जसमध्ये ४५ वर्षमाथिका पुरुष एकजना ३५ देखि ४५ वर्ष उमेर समूहका महिला एकजना, २५ देखि २५ देखि ३५ वर्ष उमेर समूहका महिला एक जना, १६ देखि २५ वर्ष उमेर समूहका महिला दुई जना र १६ वर्ष मुनिका बालिका दुई जना रहेका थिए।
यसरी तथ्याङ्कलाई हेर्दा आत्महत्या गर्नेको सङ्ख्या खासै घट्न नसकेको र आत्महत्या सम्बन्धी विविध जानकारी तथा सन्देशमूलक कार्यक्रमहरू र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिएको इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रमुख प्रहरी निरीक्षक राजेश थापाले बताउनुभएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.