Gorkha Sansar

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ।

सेवा निवृत्त शिक्षक समाज गोरखाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको एक कार्यक्रमका बीच जिल्ला भरका १० जना ८० वर्ष उमेर पार गरेका शिक्षकहरुलाई दोसल्ला तथा कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो सम्मानित हुनेहरूमा पालुङ्टार नगरपालिका वडा नम्बर ८ का चुडामणि कँडेल, गण्डकी गाउँपालिकाका श्री लाल बहादुर गुरुङ, गोरखा नगरपालिकाका विजय प्रसाद अधिकारी, रामचन्द्र आचार्य,टेक बहादुर थापा,कृष्ण वहादुर वस्नेत, सिरानचोक गाउँपालिकाका बिजय शर्मा ढकाल, दुर्गा भक्त ढकाल, भीमसेन थापा गाउँपालिकाकापुण्य प्रसाद खनाल रहेका छन् । 

जिल्ला समन्वय समितिको सभाकक्षमा जिल्ल्ला समन्वय समितिका संयोजक श्री मोहन वहादुर थापा- को प्रमुख आतिथ्यता र गोरखा नगरपालिका का नगर प्रमुख कृष्ण रानाको समेत विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा २०७८ साल पछाडि सेवा निवृत्त भएका शिक्षक तथा शिक्षिकाहरुलाई फूलको गुच्छा दिएर स्वागत समेत गरिएको थियो । स्वागत गरिएका शिक्षकहरूमा कल्पना वानिया, स्थीर राज अर्याल, कृष्ण बहादुर भेळ, देप प्रसाद खनाल प्रदिप चन्द्र देवकोटा, सूर्यभान ओक, मोहन वहादुर थापा, कृष्ण कुमार श्रेष्ठ,जीवन कुमार श्रेष्ठ, लाल प्रसाद खनाल लगायतका रहेकाे समाजका उमाकान्त देवकाेटाले जानकारी दिनुभयाे । हालसम्म करिब २०० जना आजीवन सदस्य हरू बनिसकेको उक्त समाजले हरेक ३/३ वर्षमा हाम्रो परिचय नामक पुस्तक प्रकाशन गर्ने गरेको मा यस वर्षको पनि पुस्तक प्रकाशनको लागि तयारी गरिरहेको  देवकोटाले बताउनुभयो !

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.