Gorkha Sansar

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति तथा टाेल सुधार संस्थाहरु संग भएककाे छलफल काे निर्णय अनुसार आज मिति २०८१/ ०४/०५ गते शनिवारका दिन पालुङटार नगरपालिकाकाे विभिन्न स्थानहरुमा सामुहिक रुपमा घर वरी परि नै उपलब्ध हुने फलफुल जन्य विरुवाहरु (केरा, आँप, कटहर, वर, पिपल, स्वामी, किम्बु, मेवा, अम्बा, लिचि, भुई कटहर, लप्सि लगायतका विरुवाहरु ) सामुदिक वनका खालि स्थानहरुमा , खाेला खाेल्सिका किनारहरुमा करिव ६००० ( छ हजार ) बिरुवा वृक्षराेपण गर्दै आजकाे कार्यक्रम सम्पन्न भएको छ ।
“पालुङटार नगरपालिकाकाे याे नीति, याेजना तथा कार्यक्रम सफल बनाउन सहयाेग पुर्याउने सम्पुर्ण जनप्रतिनिधि ज्युहरु , राष्ट्र सेवक कर्मचारीहरु , सम्पुर्ण वन उपभोक्ता समतिका सदस्य ज्युहरु , सम्पुर्ण टाेल सुधार संस्थाका सदस्य ज्युहरु , सम्पुर्ण नगरवासि, बुद्धिजीवी, सम्पूर्ण राजनितीक दलहरु प्रति हार्दिक आभार व्यत्त गर्दछाै ।” पालिकाले बताएको छ
साथै आज वुक्षराेपण कार्यक्रम हुन नसकेका विभिन्न वडा तथा स्थानहरुका वन उपभोक्ता समिति तथा टाेल सुधार संस्थाहरु यस कार्यक्रम छिट्टै सुरुवात गर्नका लागि अनुराेध गर्दै वृक्षरोपण भईसकेका स्थानहरुकाे विरुवाकाे संरक्षण तथा दिगाेपनासहित यस कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिराख्नु हुन सम्पुर्ण जिम्मेवार पक्षहरुलाइ हार्दिक अपिल समेत पालिकाले गरेको छ। ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.