Gorkha Sansar

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दर बस्ती बस्ने बर्ष ३२का हाउडे भन्ने सविन विश्वकर्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार गएको असार १३ गते बिहान ३ बजेको समयमा सुन्दर बस्तीमा बस्ने आईत सिंह विश्वकर्माको गोठमा बाँधी राखेको गाईलाई सोही क्षेत्रमा रहेको बुढी गण्डकी नदी किनारमा लगि हत्या गरेको आरोपमा सोही दिन गोरखा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नदी किनारबाट नै पक्राउ परेका हाउडे संग प्रहरीले खुकुरी, दाउका साथै गाईको टाउको, खुट्टा लगाएका अंगहरु फेला पारेको थियो । आरुघाट ईलाका प्रहरी कार्यालयका प्रहरीको टोलीले नियन्त्रणमा लिएका हाउडेलाई असार १४ गते नै गोरखा जिल्ला अदालतमा पशुपंक्षी सम्वन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत राय पेश हुदा साउन ३ गते बिहिबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

गौ हत्यामा हाउडेलाई साथ दिएका २ जना नाबालकलाई भने अदालतको आदेशले अभिभावको जिम्मा लगाउने आदेश दिएको छ । दुवै जनालाई बिहिबार नै तारेखमा उपस्थित हुने गरी अभिभावको जिम्मा लगाएको पनि सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनुभउयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.