Gorkha Sansar

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि फेला पर्न सकेको छैन ।

उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आज फेरी खोजी कार्य सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हिजो बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.