Gorkha Sansar

च्याङ्लीका महिलाहरूले धुप बनाउने तालिम लिए

च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा तीन दिने बाटेको धुप निर्माण तालिम सम्पन्न भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको सिकाई केन्द्रले १०, ११ र १२ गते सञ्चालन गरेको बाटोको धुप निर्माण तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले सामुदायिक सिकाई केन्द्रको गतिविधि प्रति सन्तोष व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो। सोही क्रममा बोल्दै उहाँले व्यावसायिक बन्न तालिम लिएकाहरुलाई सुझाव समेत दिनुभएको थियो । एउटै व्यक्तिले धेरै तालिम लिएर बस्नुभन्दा पनि एउटा व्यक्तिले एउटा तालिम लिई व्यावसायिक बन्नुपर्नेमा उहाँको जोड रहेको थियो । सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा सहभागीका तर्फबाट कल्पना सुनार सिकाई केन्द्रका तर्फबाट गणेशलाल श्रेष्ठ प्रशिक्षक सुब्बिनी लामिछाने लगायतकाले मन्तव्य राखेका थिए । तालिममा वडा नम्बर ७ भित्रका विभिन्न महिला समूहहरूका ३५ जनाको सहभागिता रहेको थियो। तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक बन्ने क्रममा सिकाई केन्द्रले हरेक तहबाट सहयोग गर्ने सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कँडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो अवसरमा तीन दिनसम्म निर्माण गरिएको बाटोको धुप अतिथिहरूलाई उपहार स्वरूप प्रदान गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.