सिन्धुपाल्चोक , १० असार २०८१ । अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएपछि पुल बगाएको छ। बाढीले मेलम्ची नगरपालिका–११, मा रहेको अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।
तीन वर्ष अघि बाढीले पुल बगाएपछि त्यहाँ ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाएपछि मानिस आवतजावतमा समस्या भएको छ । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको छ । रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै प्रमुख तामाङले ह्युमपाइप झिकेर पुन सुरक्षित पुल राखिने बताए ।
मेलम्ची बजार र नगरपालिकाका वडा नम्बर–७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर–१ र २ र हेलम्बुको केही वडालाई सो अस्थायी पुलले जोडेको थियो ।
थप समाचार
-
बाजुरामा बाढी विपत्ति: ११ घर बगे, दर्जनौं संरचना जोखिममा
गाेर्खा संसारAugust 14, 2025बाजुराको हिमाली गाउँपालिकामा बाढी कहर: ११ घर बगे, ७ घरमा क्षति, १७ घर जोखिममा बाजुरा, २९ साउन । बुधबार राति आएको भीषण बाढीले बाजुराको हिमाली गाउँपालिका–१ विच्छ्यामा ठुलो क्षति पुर... -
महाकालीमा बाढीको खतरा, बनबासा पुलमा आवत–जावत पूर्णरूपमा रोक
गाेर्खा संसारAugust 14, 2025कञ्चनपुर, २९ साउन — महाकाली नदीमा पानीको बहाव अत्यधिक बढेपछि नेपाल–भारत सीमामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज) हुँदै सवारी साधन र मानिसको आवत–जावत पूर्णरूपमा रोकिएको छ ... -
भूमि वर्गीकरणअघि हदबन्दी छुटको जग्गा बेच्न दिने प्रस्ताव, दुरुपयोगको आशंका
गाेर्खा संसारAugust 13, 2025काठमाडौं, २८ साउन । स्थानीय तहले भूमिको वर्गीकरण नगरेको अवस्थामा पनि हदबन्दी छुटमा जग्गा लिएर पछि बिक्री गर्न दिने व्यवस्था सहितको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रति... -
झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार
गाेर्खा संसारAugust 13, 2025विराटनगर, २८ साउन । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय भोगिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् । फरार हुनेमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालि... -
कैलाली कारागार घटना : मृतक भरत चौधरीका परिवारको जाहेरी, शव परीक्षणपछि दाहसंस्कार तयारी
गाेर्खा संसारAugust 11, 2025धनगढी, २६ साउन । कैलाली कारागारमा शुक्रबार राति भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । परिवार... -
सुनसरी बस–माइक्रो दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते — तीन जनाको पहिचान सार्वजनिक
गाेर्खा संसारAugust 11, 2025विराटनगर, २६ साउन । सुनसरीमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन् । दुर्घटना सुनसरीको भोक्राहा–नर्सि...