Gorkha Sansar

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा

गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भलुङ्टार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमारले प्रमुख अतिथिको रुपमा बोल्दै सामुदायिक सिकाई केन्द्रले गरेका गतिविधिहरु प्रति सन्तोष व्यक्त गर्नुभएको थियो भने आगामी वर्षको बजेट निर्माण गर्ने क्रममा सिकाई केन्द्रलाई बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। सोही अवसरमा च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले आफ्ना भनाइहरु राख्दै आफ्नो खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने कुरा औल्याउनु भएको थियो ! साे अवसरमा वडा नम्बर ७ का वडा अध्यक्षहरू खुबबहादुर थापा प्रेम कुमाल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सामुदायिक सिकाई केन्द्रकी परिचालिका राममाया आलेले सञ्चालन गर्नुभएको थियो भने संस्थाका सदस्य गणेश लाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो सो क्रममा वडा नम्बर ७ भित्र रहेका १८ वटा टोल विकास संस्थाको प्रतिनिधित्व रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.