Gorkha Sansar

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले १८ वटा टोल विकास संस्थाका जेष्ठ महिलाहरूलाई सम्मान गर्ने भएको छ।

सिकाई केन्द्रको निर्णय अनुसार हाम्रो सामाजिक परम्परालाई कायम राख्न र सनातन धर्मको प्रचार समेत गर्ने उद्देश्यका साथ आफ्नो कार्यक्षेत्रभित्र रहेका १८ वटा टोल विकास संस्था का जेष्ठ महिलाहरूलाई सम्मान गर्न लागिएको केन्द्रका अध्यक्ष रविन्द्र कँडेलले बताउनुभयो। विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको सिकाई केन्द्रले बाबुको मुख हेर्ने दिनमा समेत १८ वटै टोलका जेष्ठ पुरुष नागरिकहरूलाई घरघरमा पुगेर सम्मान समेत गरेको थियो। यस्ता कार्यक्रमहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै सामाजिक उत्तरदायित्व बहन हुने र सामाजिक सह अस्तित्व र सहिष्णुता कायम गर्न समेत टेवा पुर्‍याउने केन्द्रका एक सदस्य इन्द्र कोइरालाले बताउनुभयो

आफ्नो सेवा क्षेत्र अर्थात् पालुङटार नगरपालिका वडा नम्बर ७ भित्र १८ वटा टोल विकास संस्था रहेकाले पाँचवटा समूह बनाई हरेक जेष्ठ महिलाहरूको घरघरमै पुगेर उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रले बताएको छ उक्त कार्यक्रममा सबै टोल विकास संस्थाका अध्यक्षहरू जनप्रतिनिधि तथा स्थानीयहरूको समेत उपस्थिति रहने जनाइएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.