Gorkha Sansar

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको छ।

पूर्णै पिपल युवा क्लबद्वारा नवनिर्मित खेलमैदानमा चैत २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको खेलमा खत्रीटार युवा क्लबले नगद पूर्णे पिपल युवा क्लब लाई पेनाल्टी सुटआउटमा ५- ४ गोल अन्तरले विजयी बनेको हो। विजयी भएको खत्रीटार युवा क्लबले नगद रु १० हजार प्रमाणपत्र र मेडल हात पारेको छ भने आयोजकले पूर्णे पिपल बी ले नगद रु ५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। खेलमा उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकर्ता लाई समेत मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

क्लबका अध्यक्ष सूर्यलाल कमलको अध्यक्षतामा भएको समापन कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमालले पुरस्कार वितरण गर्नुभएको थियो। साे अवसरमा खेलमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो। खेलको माध्यमबाट विकासमा टेवा पुर्‍याउन सकिने भन्दै खेलको आयोजना गरिएको क्लबका अध्यक्ष कुमालले जानकारी दिनुभयो पुरस्कार वितरण समारोहमा वडा नम्बर ७ का वडा सदस्य प्रेम बहादुर कुमाल, स्थानीय खेलप्रेमी कमलबहादुर गुरुङ, गोर्खा संसार मिडिया प्रालीका सञ्चालक रविन्द्र कडेल लगायतकाको उपस्थिति रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.