Gorkha Sansar

पालुङटारमा दुई दिने आँखा शिविर सम्पन्न

पालुङटार नगरपालिका, गोरखाको समन्वय तथा आँपपिपल अस्पताल, गोरखाको सह-आयोजनामा, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा र कर्माफ्लाइट्स फाउन्डेसन नेपाल, कास्की पोखराद्वारा आयोजित २ दिने नि:शुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया कार्यक्रम आज मिति २०८०/१२/१९ गते आँपपिपल अस्पतालमा सम्पन्न भएको छ ।
पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन, उप-प्रमुख बन्दना पाण्डे, वडा ३ का वडा अध्यक्ष रबिन्द्र अधिकारी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उपस्थित यस बृहत आँखा शिविर कार्यक्रमलाई सफल बनाउन लाग्नु हुने हिमालय आँखा अस्पतालका नेत्र रोग बिशेसज्ञ डा. श्री हरि माया गुरुङ, आँखा शिविर संयोजक श्री उमेश चन्द्र देबकोटा, कर्माफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर कुवँर, आयरल्याण्डका दातृनिकायका प्रतिनिधि Robbi Hoade हरु प्रति पालुङटार नगरपालिका बिशेष आभार सहित धन्यबाद ब्यक्त गरेकाे थियो ।
आँखा जाँच शिविर तथा मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाको ७७६, राइनास नगरपालिकाको ४७१ जना र सिरानचोक गा.पा.को ५१७ जना गरि कुल १७६४ जना स्थानीय निबासीहरुको आँखा जाँच (Screening) गरिएको थियो । जसमा राइनास नगरपालिकामा २६ जना, सिरानचोक गा.पा मा ६७ जना र पालुङटार नगरपालिकामा २१ जना गरि जम्मा १२१ जनाको मोतियाविन्दुको पहिचान भएकोमा राइनास न.पा को १० जना महिला, ९ जना पूरुष गरि १९ जना, सिरानचोक गा.पा को २ जना महिला १२ जना पूरुष गरि १४ जना र पालुङटार न.पा को ८ जना महिला ८ जना पूरुष गरि जम्मा १६ जना गरि कुल ४९ जना मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.