उपचार सेवा पद्दति लाइ नगरपालिका को प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्य को साथ पालुङटार नगरपालिका नगरकार्यपालिका को कार्यलय आयुर्वेद शाखा द्वारा सन्चालित वडा स्तरीय घुम्ती आयुर्वेद स्वास्थ्य सिविर कार्यक्रम मिति २०८०पौष १७ गते का दिन पालुङटार नगरपालिका वडा नं ३ डुम्रेडांडा शहरी स्वास्थ केन्द्र मा सम्पन्न भएको थियोे ।पा न पा ३का वडा अध्यक्ष श्री रवीन्द्र अधिकारी क्षेत्री को प्रमुख आतिथ्यमा निर्वाचित जनप्रतिनिधि ,पुर्व वडा अध्यक्ष ,पुर्वजनप्रतिनिधि, शहरी स्वास्थ्य केन्द्र का प्रमुख अर्जुन न्यौपाने ,पालुङटार आँखा उपचार केन्द्र कि नेत्र सहायक रक्षा कुंवर ,संगिता श्रेष्ठ ,राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र गोरखाका वैध विष्णु प्रसाद रेग्मी ,महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका लगाएत सेवा ग्राही विच वडा अध्यक्ष रविन्द्र अधिकारी क्षेत्रीले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । भने उक्त कार्यक्रमको अध्यक्षतागर्नु भएका आयुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठ ले कार्यक्रमको उद्देश्य वारे प्रकाश पार्दै वर्तमान अवस्थामा राज्यले आयुर्वेद लाई हेर्ने दृष्टिकोण, नेपाली भान्सामा प्रयोग हुने जडिबुटी मसला को महत्त्व, स्थानीय जडिबुटी को र आयुर्वेद विचको सम्वन्ध, सर्ने नसर्ने रोग को रोकथाम को लागि स्वास्थ वृत ,खानपान ,आहार -विहार ,व्रम्हाचार्य, योग ध्यान को माध्यम वाट नागरिकलाई सचेत गराउदै १०वटै वडामा कार्यक्रम संचालन गर्नका लागि नगरपालिका ले आर्थिक ,भौतिक रुपमा सहयोग गर्न आग्रह गर्दै कार्यक्रम लाई सफल पार्न पहल गर्नुहुने वडा कार्यलय ,जनप्रतिनिधि ,वुद्वधिजिवि,शहरी स्वास्थ केन्द्र ,महिला स्वास्थ स्वंयमसेविका,शहकारी संस्था,पशु सेवा शाखा,आम सेवाग्राही लाई धन्यवाद दिदै आगामी दिनमा वडाको कार्यक्रम मा आयुर्वेद लाई समेट्न आग्रह गर्नुभयो।त्यसतै उक्त कार्यक्रमको विशेष अतिथि पुर्व वडा अध्यक्ष रेसम बहादुर अधिकारिले शुभकामना मन्तव्य राख्दै आँखा सिविर राखेको मा प्रसम्सा गर्दै मानव जिवनमा आँखा भयो भने मात्र सवै थोक हुन्छ आँखाले देख्न हेर्न पाइयो भने जीवन सार्थक हुने वताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि वडा नं३का वडा अध्यक्ष रविन्द्र अधिकारी क्षेत्री ले मानव स्वास्थ्यमा आयुर्वेदिक चिकित्सा विधिको वारेमा जोड दिदै नेपाली जडिबुटीको खेती लाई प्रोत्साहन गर्न सकियो भने मात्र पनि राज्यले कायपलट हुने वताउदै आफ्ना नागरिक सेवाग्राही लाई धैर्य भएर आयुर्वेद तथाआँखा सिविर वाट सेवा लिनुहुनआग्रह गर्नुभयो।सो कार्यक्रमको संचालन आयुर्वेद शाखाको बैध निरीक्षक वसन्त घिमिरेले गर्नुभएको थियोे ।उक्त सिविर कार्यक्रम मा आयुर्वेद तर्फ १३६जना विभिन्न रोगका सेवाग्राही ले उपचार लिएका थिए ।जस्मा धेरै जसो सेवा ग्राही वातजन्यरोग(Arthritis) को थिए भने मधुमेह ,अम्लपित्त, त्वक विकार,स्वसन विकार उदर रोग,पायल्स का विरामि हरुले सेवा लिएकाथिए।भने आँखा सिविर तर्फ ११४जना सेवाग्राहीलाई सेवा दिएको थियोे ।जसमध्ये १० जना सेवा ग्राहिको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने पालुङटार आँखा उपचार केन्द्रकी नेत्र सहायक रक्षा कुंवर ले वताउनु भयो।यस्तै गरि मिति २०८०पौष २३ गते सोमबार का दिन पालुङटार नगरपालिका वडा नं ८ को वडा कार्यलय वाट आयुर्वेद स्वास्थ्य सिविर संचालन गरि सेवा प्रदान गरिने पालुङटार नगरपालिका आयुर्वेद शाखाका कर्मचारी वसन्त घिमिरेले जानकारी दिनुभयो।
थप समाचार
-
नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न
गोर्खा संसारMarch 24, 2026काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएक... -
शिक्षकहरूका लागि योग, ध्यान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम सम्पन्न
गोर्खा संसारFebruary 11, 2026गोर्खा, माघ २८ गते गोर्खाको पालुङटार नगरपालिका मा शिक्षकहरूका लागि योगदान तथा तनाव व्यवस्थापन सम्बन्धी चार दिवसीय तालिम केन्द्रमा सम्पन्न भएको छ। पालुङटार नगरपालिका स्वास्थ्य शाखाक... -
आँबुखैरेनी योग तथा खुसी समाजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
गोर्खा संसारFebruary 7, 2026आँबुखैरेनी, २४ माघ । आँबुखैरेनी योग तथा खुसी समाज, आँबुखैरेनी तनहुँको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइ समितिको सभाहलमा आय... -
आँबुखैरेनीमा निःशुल्क आँखा शिविर सम्पन्न, ८९ जनाको मोतियाबिन्दु शल्यक्रिया
गोर्खा संसारFebruary 3, 2026आँबुखैरेनी (तनहुँ) — आँबुखैरेनी गाउँपालिकाद्वारा नेपाल नेत्रज्योति संघ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। २०८२ साल माघ १३... -
महोत्सवमा खाद्य डिभिजनको अनुगमन
गोर्खा संसारJanuary 16, 2026दमाैली तनहुँको दमौलीमा जारी छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण ड... -
सिम्रिक एयरको हेलिकोप्टरबाट उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार
गोर्खा संसारNovember 13, 2025उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका वडा नं. ६ ताजुबाट सुत्केरी महिला रिञ्जिन पाल्मो लामाको उद्धार गरिएको गाउँपालिकाको स...
