Gorkha Sansar

अाफ्नै हाेटल भित्र धारिलाे हतियार प्रयाेग गरी हत्या गरिएकाे शब फेला

गोरखा नगरपालिका वडा नं १४ मा रहेकाे अकला मन्दिर  छेवैमा होटल सञ्चालन गरेर बसेका १ जना युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । मृत्तक ब्यत्ति पालुङटार नगरपालिका–८ धुवाकोट लामाचौरका २८ बर्षिय महेश पन्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयाे ।

पन्तको शव गोरखा नगरपालिका–१४ को अकला मन्दिर नजिकै हिल कटेज होटल भित्र फेला परेको हो । पन्तको शरिरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएका हत्या गरेको हुन सक्ने प्रउ श्रेष्ठले बताउनुभयाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार घरबाट हिडेको हप्ता दिनसम्म पनि परिवारको सम्र्पकमा नआएपछी आजै (सोमबार) बिहान मात्र उनका आमा छोरालाई भेटन उक्त स्थानमा पुग्नुभएकाे थियाे ।

आमाले कटेजको ढोका खोली हेर्दा छोरा मृत फेला परेपछी बिहान ११ः१५ बजे प्रहरीलाई खबर गरेको पनि सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । पन्तको टाउकोको पछाडीको भाग र खुट्टाको तल्लो भागमा धारिलो हतियारको चोट देखिएको छ ।

मृत्तक पन्तको शव अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको पोष्टमार्टम पछी मात्र मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जानकारी दिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.