गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको श्री उज्ज्वल कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा पाैष ११ गते बिरुवाटारमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो वार्षिक साधारण सभामा जिल्ला सहकारी सङ्घ गोर्खाका सचिव सरोज देवकोटाले प्रमुख अतिथिको रुपमा आफ्ना भनाइहरु राख्नुभएको थियो। त्यस्तैगरी विशेष अतिथिको रुपमा पालुङ्गटार नगरपालिकाका निवर्तमान नगर प्रमुख इन्जिनियर दिपक कडेलले आफ्ना भनाइहरु राख्नुभएको थियो। संस्थाकी सदस्य सावित्रा बिकले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल, नगरपालिका कार्यपालिका सदस्य पम्फा विक, मजुवा बचत तथा ऋण सहकारी संस्थाका इन्द्र कोइराला, च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि अम्बिका श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। सो कार्यक्रममा सचिव प्रेम बहादुर कुमारले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण भण्डारीले आर्थिक प्रतिवेदन र अध्यक्ष मानबहादुर थापाले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने संस्थाका जेष्ठ सदस्य कमलराज श्रेष्ठ, शेयरधनी महेन्द्र श्रेष्ठका छाेरा चन्द्र कुमार श्रेष्ठलाई कक्षा १२ काे परिक्षामा उत्कृष्ट अंक ल्याएकाेमा सम्मान गरिएको थियो।
थप समाचार
-
बीपी राजमार्गको पुनर्निर्माण प्रक्रिया: चाडपर्वको चापमा तयारी
गाेर्खा संसारSeptember 6, 2025काठमाडौँ - संघीय राजधानी काठमाडौँलाई नेपालको पूर्वी जिल्लासँग जोड्ने प्रमुख मार्ग बीपी राजमार्ग, यो वर्ष पुनः चाडपर्वको बेला अवरुद्ध हुने त्रासमा रहेको छ । २०८१ असोजको दोस्रो... -
बुवाको संस्कारमा छोरीहरूको काँध, भिमबहादुर क्षेत्रीको जीवनले दिएको समानताको पाठ
गाेर्खा संसारAugust 7, 2025दमौली (तनहुँ), २२ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाढाबमा केही दिनयता एउटा दृश्यले धेरैको मन छोएको छ—कपाल खौरिएका टाउका, सेतो लुगा र मौन अनुहारमा बसेका दुई छोरीहरू २५ वर्... -
साउने सङ्क्रान्ति पर्व: प्राचीन परम्पराअनुसार मनाइँदै
गाेर्खा संसारJuly 17, 2025आज देशभर साउने सङ्क्रान्ति पर्व धूमधामसँग मनाइँदैछ। साउन महिनाको पहिलो दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै दक्षिणायनको शुरुवात गर्दछ। यस दिनलाई विशेष महत्व दिँदै कृषक... -
असार १५ धान दिबस
गाेर्खा संसारJune 29, 2025असार १५ कुनै साधारण मिती होइन । यो नेपालीको मैलीक पर्ब सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको कृषकको आत्मा हो । नेपाल कृषिप्रधा... -
पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति
गोर्खा संसारJune 25, 2025पत्रकार शम्भुलाल श्रेष्ठमाथि विशेष अदालतको आदेशमा पत्रकार महासंघ काठमाडौं शाखाको आपत्ति काठमाडौं । वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठलाई विशेष अदालत... -
कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान
गोर्खा संसारJune 10, 2025पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरे...