Gorkha Sansar

जीवन ज्याेति मा वि मा स्वागत तथा शुभकामना अादान प्रदान

असाेज २६, गाेरखा ।                                                                गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 7 स्थित जीवन माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।                विद्यालयको कक्षा 12  का विद्यार्थीहरूको आयोजनामा शुभकामना आदानप्रदान तथा विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्नको लागि विभिन्न बिद्यालयहरूबाट आएका कक्षा ecd देखि कक्षा 12 सम्मका सबै विद्यार्थीलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।                                  कार्यक्रमको प्रमुख अतिथिको रुपमा पालुङटार नगरपालिका वडा नम्बर 7 का वडा सदस्य  प्रेम बहादुर कुमाल रहनुभएको थियो । त्यसैगरी बिशेष अतिथिको रुपमा विद्यालयका प्रधानाध्यापक बद्रीबहादुर पाण्डेले आफ्नो मन्तव्य राख्नु भएको थियो । कक्षा 12 का विद्यार्थी मिलन बि क को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कक्षा 12 का बिद्यार्थीहरुले सबै  नयाँ विद्यार्थीहरुलाई फूलमालासहित स्वागत गरेका थिए । कक्षा 12 का बिद्यार्थीहरुको शैलेन्द्र अधिकारी र आरति थापाले सन्चालन गरेको कार्यक्रममा कक्षा 12 कि विपना परियारले स्वागत मन्तव्य राख्नुभएको थियो  । त्यस्तैगरि 12 मा अध्ययनरत विद्यार्थीहरु सहित अन्य कक्षाका सबै विद्यार्थीहरुले अवसरमा बिबिध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।  साेही क्रममा विद्यालयका शिक्षक शिक्षिकाहरु तथा अन्य समेत दशै तिहार छठ को शुभकामना व्यक्त गरेका थिए ।                   

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.