Gorkha Sansar

पालुङटार नगरपालिकाको दुई स्थानमा शहरी स्वास्थ्य केन्द्रको स्थापना

पालुङटार नगरपालिका वडा नं २ को भौगोलिक अवस्थाको कारण वडाका सम्पुर्ण नागरिकलाई आधारभुत स्वास्थ्य सेवाबाट पनि बन्चित हुनु परेको अवस्थालाई मध्य नजर गरी वडा नं २ को चाँपाभञ्ज्याङमा शहरी स्वास्थ्य केन्द्रको कार्यालय स्थापना र सेवा प्रवाहको सुभारम्भ एक कार्यक्रम विच नगर प्रमुख विवश चिन्तनले ज्युले आज उद्धघाटन गर्नु भयो । साथै पालुङटार नगरपालिका वडा नं ३ डुम्रेडाँडामा पनि शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नु भयो । वडा नं ३ मा नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतको आपपिपल अस्पताल रहेको र उक्त संस्थाले सम्पुर्ण वडा ३ भरिका वडाबासीहरुको आधारभूत स्वास्थ्य सेवा दिन कठिनाई भएकोले वडाबासिहरुको लागि स्वास्थ्यको हकलाई सुनिश्चित गर्न कार्यालय स्थापना गरि सेवा प्रवाहको सुरुवात गरिएको भन्दै नगरबासीको स्वास्थ्यको विषयमा नगरपालिका सचेत रहेको समेत नगर प्रमुख ज्युले बताउनु भयो । सम्वन्धीत वडाको वडा अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, आँपपिपल अस्पतालका मेडिकल सुपरिटेन्डेन, जनप्रतिनिधिहरु र वडावासीहरुको उपस्थिति रह्यो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.