Gorkha Sansar

डुम्रेमा दानबीरलाई सम्मान

डिपी अधिकारी
असाेज २० / डुम्रे
तनहुँकाे डुम्रेमा दानबीरलाई सम्मान गरिएकाे छ । डुम्रे साँस्कृतिक युवा परिवारले शनिवार एक कार्यक्रमका बीच सँस्थाकाे भवन रहेकाे १२ आना जग्गा हालकाे मूल्यांकनमा करिब २ कराेडकाे जग्गा हाल चितवन निवासी ध्रुवलाल पिया र उहाँकी धर्मपत्नी विष्णुदेवी पियाले दान दिनुभएकाे थियाे ।
पिया दम्पतीले डुम्रेकाे अति महत्त्वपूर्ण जग्गा युवा परिवारकाे लगाएत डुम्रे प्रहरी चाैकी , गाउँसेवाकाेष र मन्दिरका लागि पनि दान दिनु भएकाे छ । यी सबै गरि डुम्रेमा सामाजिक संघ-संस्थालाई गरि करिब ५ कराेडकाे जग्गा दान दिनु भएकाे बन्दिपुर १ का वडा अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
दानबीर दम्पतीलाई युवा परिवारले २८ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन एवं सम्मान कार्यक्रमकाे अवशरमा सम्मान गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले सामाजिक कामका लागि मन फुकाएर जग्गा दान दिनु भएकाे पिया दम्पती प्रति आभार ब्यक्त गर्दै युवा परिवारले समाजमा खेलेकाे भूमिका प्रति प्रशंसा गर्नुभयाे । युवा परिवारका अध्यक्ष कैलास श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा दानबीर ध्रुवलाल पियाले आफूले दान दिएकाे संस्थाले प्रगति गरेकाे देख्न र सुन्न पाउँदा अत्यन्तै खुशी लागेकाे बताउनु भयाे । वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , राष्ट्रिय भूमि आयाेेग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी , वडा नं ४ का वडा सदस्य भिम घले, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ , डुम्रे टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ , युवा परिवारका पूर्व अध्यक्ष शिवकाजी पिया लगाएतले डुम्रे साँस्कृतिक परिवारले कला-सँस्कृति, सचेतनामूलक कार्यक्रम , पराेपकार कार्यक्रम , सरसफाइ अभियान, दर्ब्यसनी नियन्त्रण , खेलकूद गतिविधि लगाएतका क्षेत्रमा पुर्याएकाे याेगदानकाे चर्चा गर्दै शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
युवा परिवारका उपाध्यक्ष बिक्की गुरुङले स्वागत गर्नु भएकाे कार्यक्रममा काेषाध्यक्ष बाबुल गुरुङले संस्थाकाे आय-ब्यय विवरण प्रस्तुत गर्नुभएकाे सह-सचिव इश्वर नेपालले जानकारी दिनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.