Gorkha Sansar

वडाबाटै याेजना सम्झाैता गराउँदै बन्दिपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले वडा वडामा पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना सहित शनिबार गाउँपालिकाको वडा नं. ६ बाट काम शुरु गरेको हो ।

शनिबार सार्वजनिक बिदाको दिन पनि गाउँपालिका अध्यक्ष सहितको टोली वडा नं. ६ स्थित धरमपानी पुगी योजना सम्झौता गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयाे ।


गाउँपालिकाका अध्यक्ष थापाले स साना योजनाहरु सम्झौता गर्न जाँदा दुख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बढाईने पालिकाले जनाएको छ ।

सम्झौता कार्यक्रममा योजना सञ्चालन देखी अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताउनुभयाे।

यसैबिच शनिबार नै एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष थापाले धरमपानीमा अब छिट्टै प्रहरी चौकी र बैँकको शाखा ल्याउन समेत पहल भइरहेको बताउनुभएकाे छ । उहाँले प्रहरी चौकी स्थापना हुनसाथ बैँक शाखा स्थापना हुने बताउनुभयाे ।

यस्तै गाउँपालिका अध्यक्ष सहितको प्रतिनिधिले  वडा नं. ६ को धरमपानी र ग्याजाटार जोड्ने झालुङ्गे पुल बन्ने स्थल समेत अबवलोकन गरेका छन् । धरमपनी र ग्याजाटारमा पुल नहुँदा त्यँहाँका स्थानिय घण्टौ यात्रा गरी धरमपानी आउ जाउ गर्न बाध्य छन ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.