पालुङ्टार नगरपालिका मा आयोजना गरिएको नगर स्तरिय लाखेनाच प्रतियोगितामा च्याङ्ली प्रथम भएको छ । पालुङ्टार नगरस्तरीय नेवार समाजको आयोजनामा तीज पर्वको अवसर पारेर आयोजना गरिएको लाखेनाच प्रतियोगितामा पालुङटार नगरपालिका भित्रका विभिन्न वडा सहित अन्य पालिका का गरी 14 टीमको सहभागिता रहेको थियो । सहभागी सबै समूहलाई पछि पार्दै च्याङली नेवाः खलःको लाखे प्रथम भएको आयोजकले जनाएको छ । त्यस्तैगरी लमजुङको सुन्दरबजार बाट भएको लाखेको समुह दोस्रो हुन सफल भएको छ भने ठांटी पोखरी बजारको लाखे तृतीय हुन सफल भएको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ३० हजार र प्रमाणपत्र हात पारेको छ भने दोस्रो हुने समुहले नगद रु 20 हजार र प्रमाणपत्र हात पारेको छ । त्यस्तै गरि तृतीय हुने समुहले नगद रु 10 हजार र प्रमाणपत्र हात पारेको छ । कार्यक्रम नगरपालिकाको 12 पिर्के बजारमा सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागि भएका सबै समूहहरुलाई सान्तवना स्व रूपप्रमाण पत्र प्रदान गरिएको जनाएको छ ।
थप समाचार
-
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज... -
राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र सम्मानित गर्दै सातौँ NCIFF समापन
गोर्खा संसारFebruary 2, 2026काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएक... -
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
गोर्खा संसारJanuary 18, 2026नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गोर्खा शाखाद्वारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशका प्... -
वर्डक्याम्प नेपाल २०२६: विरासत, प्रविधि र समुदायको एउटा ऐतिहासिक यात्रा
गोर्खा संसारDecember 29, 2025बुटवल, नेपा ल | नेपाली वर्डप्रेस समुदाय आगामी जनवरी २३ र २४ मा बुटवलको मनोरम मणिग्राम विश्राम बाटिकामा आयोजना हुने 'वर्डक्याम्प नेपाल २०२६' को भव्य तयारीमा जुटेको छ। १० नोभेम्बर २... -
फागुन २१ काे निर्वाचनका लागि ९ लाख १५ हजार मतदाता बढे, ७५ मतदान स्थल थप
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते अागामी फागुन २१ हुने भनिएकाे निर्वाचनमा भाग लिने मतदाताकाे संख्या गत निर्वाचनकाे भन्दा ९ लाख १५ हजार जना बढेका छन् । निर्वाचन अायाेगले अाज एक विज्ञप्ति जारी गरी अन्ति... -
मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि एक दिवसीय शिक्षामा क्रान्ति कार्यशाला सम्पन्न
गोर्खा संसारDecember 27, 2025पाैष १२ गते, गाेरखा । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा अवस्थित अाेशाे कैलाश अाश्रम मा अाज मर्स्याङदी उपत्यकाका शिक्षकहरूका लागि शिक्षामा क्रान्ति अन्तर्गत एक दिवसीय रूपान...
