Gorkha Sansar

खाेलामा करेन्ट लगाइ माछा मार्ने २ जना पक्राउ

गोरखा

गोरखा न.पा. वडा नं.१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्दै गरेका २ जनालाइ पक्राउ गरेकाे छ ।

अस्थायी प्रहरी पाेष्ट छेवेटारकाे चाैकीबाट खटिएका प्रहरीहरूले १९ गते बिहान गाेप्य सूचनाका अाधारमा सिर्दिखाेलामा करेन्ट लगाएर माछा गर्दै गरेका गाेरखा नगरपालिका वडा नं. १० छेवेटारका १८ बर्षका सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाइ पक्राउ गरिएकाे गाेरखा प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरूकाे साथबाट प्रहरीले माछा मार्न प्रयोग भएको ब्याट्री थान- १(एक), फुर्लुङ्ग थान-१(एक) र माछा थाप्न प्रयोग भएको जाल थान-१(एक) समेत बरामद गरेकाे बताइएकाे छ ।

उनीहरू विरुद्ध सार्वजनिक विरुद्धको कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई यस कार्यालयबाट थप अनुसन्धान कार्य भई रहेको समेत प्रहरीले जनाएकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.