Gorkha Sansar

 गोरखाका पत्रकार राजेन्द्र न्यौपानेलाई पितृशोक

गोरखा,१९ भदौ ।

गोरखाका पत्रकार राजेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । न्यौपानेका वुवा केशवराज न्यौपानेको आइतबार निधन भएको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रहनुभएका न्यौपानेका पिता केशवराजको उपचारको क्रकमा चितवनमा निधन भएको थियो । उहाँको देवघाटमा हिजो अन्त्यष्टी गरिएको छ ।

अन्त्यष्टी कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय उप महासचिव तथा गण्डकी प्रदेशका इन्चार्ज दिपक श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष दिपक भट्टराई, सचिव कैलासबावु श्रेष्ठ, प्रेस सेन्टर गण्डकी प्रदेशका सचिव गुणबहादुर रोका, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिका सदस्य, प्रेस सेन्टर नेपालका केन्द्रिय लेखा समितिका सचिव अमृतराज उपाध्याय तथा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य किरण लोहनीको समेत उपस्थिती रहेको थियो ।

पत्रकार न्यौपाने प्रेस सेन्टर नेपालको निति तथा मरामर्श समितिको सदस्य समेत हुनुहुन्छ । गाउँमा खेतिकिसानी गर्ने न्यौपानेलाई आन्द्रामा क्यान्सर प्रमाणीत भएको ६५ दिनको दिनको दिनमा ७४ बर्षमा निधन भएको हो । स्थानिय घर गोरखा शहिद लखन गाउँपालिका–१ बक्राङभएका मृत्तक न्यौपानेका श्रीमती, ४ छोराहरु र १ छोरी रहेका छन् ।

यसै बिच गण्डकी प्रदेश समितिले एक शोक विज्ञप्ती जारी गर्दै मृत्तक प्रति ‘चिर शान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछ’ भन्दै ‘दुखको यस घडीमा कोषाध्यक्ष राजेन्द्र न्यौपानेसहित परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ’ भनेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.